समाज


सिंहलाई विभिन्न अवसर, मीनको सुखदुःख बराबरी, तपाईँको भाग्य कस्तो? हेर्नुस् ५ कात्तिकको राशिफल

सिंहलाई विभिन्न अवसर, मीनको सुखदुःख बराबरी, तपाईँको भाग्य कस्तो? हेर्नुस् ५ कात्तिकको राशिफल

ज्यो. मेनुका दाहाल
कात्तिक ५, २०८२ बुधबार ४:४१, काठमाडौँ

आज बुधबार, ५ कात्तिक २०८२ (२२ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल

मेष: आज बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ। मनोरञ्जनमा सहभागी पनि भइनेछ। कतै घुम्न जाने योजना पनि बन्न सक्छ। तर, काममा सानातिना बिघ्नबाधा परे पनि निराश र हतास नहुनु होला।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७७, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

वृष: आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। मान प्रतिष्ठामा वृद्धि होला।

भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ७६ रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मिथुन: आज कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्नेछ। विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि पनि होला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, तर यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७८ रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: आज स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी छ। कुनै कुराले मन दुखी हुनसक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

सिंह: आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्‍याउनेछ।

भाग्यशाली रङ सेतो र अंक ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ७१ रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या: आज कुनै कुराले मनमा शान्ति छाउला। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ।

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६९ रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।

तुला: आज सफल र माइलो यात्राको योग रहेको छ। प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ। रोकिएका काम सम्पादन हुनेछ। मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने र छल कपट नगर्ने।

वृश्चिक: व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ। यात्रामा मालसामान हराउन सक्छ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। मनमा चञ्चलता पनि बढ्नेछ, तर साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४५ रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने र छल कपट नगर्ने।

धनु: आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ। स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६८ रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने र भरिसक्के लामो यात्रा नगर्ने।

मकर: आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। घर परिवारमा धार्मिक कृत्यको योग छ। व्यापार व्यवसायबाट लाभ हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने र सजिलै अरुको विश्वास नगर्ने।

कुम्भ: आज कामको धपेडी भए पनि सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन्। समाजिक कार्यमा मन जाला। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६४ रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने र तामसीक भोजन नगर्ने।

मीन: आज सुखदुःख बराबरी खालको समय छ। मन भावुक र उत्ताउलो बन्न सक्छ। मन दु:ख हुने समाचार प्राप्त हुनसक्छ। मध्यदिनबाट भने आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४१ रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने र कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad