समाज


कुटपिटबाट युवकको मृत्यु

कुटपिटबाट युवकको मृत्यु

नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार १६:२४, भद्रपुर (झापा)

यहाँस्थित बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा कुटपिट गरिएका राजवंशी घाइते भएका थिए। उनलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकामा चिकित्सकले मृत घोषणा गरेका हुन्।

कुटपिटमा सङ्लग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका–७ बाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad