समाज


यी ३ प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

यी ३ प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार ६:३१, काठमाडौँ

यतिबेला देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभए पनि आज तीन प्रदेशमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागको मौसम आंशिक बदली रहने छ। बाँकी भू-भागको मौसम भने मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा आज दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति पनि कोसी, बागमती र र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने अनुमान विभागको छ। 

महाशाखाका अनुसार कोसी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना छ भने बाँकी भूभागको मौसम सफा रहने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad