समाज


१२ घण्टायता यी प्रदेशमा वर्षा र हिमपात, मौसम विभागले जारी गर्‍यो चेतावनी

१२ घण्टायता यी प्रदेशमा वर्षा र हिमपात, मौसम विभागले जारी गर्‍यो चेतावनी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गत मुक्तिनाथ क्षेत्रमा भएको हिमापात। तस्बिर : रासस


नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १०:१७, काठमाडौँ

बितेका १२ घण्टादेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागले आज मंगलबार बिहान १० बजे दिएको जानकारीअनुसार गएको १२ घण्टामा विशेषगरी गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान साथै कोसी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका पहाड र तराई भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको हो।

गण्डकी प्रदेशका मनाङ र मुस्ताङ आसपासका हिमाली क्षेत्रमा भने मध्यमदेखि भारीसम्म हिमपात भइरहेको मौसम विभागले जानकारी दिएको छ। 

सजग गराउँदै विभागले अगाडि भनेको छ, ‘वर्षा/हिमपात भइरहेका स्थानहरूमा थप वर्षा/हिमपात हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।’

हिमपातका थप तस्बिर-

उत्तरी गोरखामा परेको हिउँ। तस्बिर : रासस

मुस्ताङमा भएको हिमपात। तस्बिर : रासस

हिउँले ढाक्यो मुक्तिनाथ मन्दिर। तस्बिर : जिल्ला प्रशासन कार्यालय मुस्ताङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad