समाज


सहायक हवल्दार गुरुङको हत्या आरोपी भण्डारी कारागार चलान

सहायक हवल्दार गुरुङको हत्या आरोपी भण्डारी कारागार चलान

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार २०:५८, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा काठमाडौँको कोटेश्वर प्रभागमा प्रहरीको हत्या गरेको आरोपमा पक्राउ परेका थप एक जना कारागार चलान भएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका ४ अमरपुरका १९ वर्षीय अनुपम भण्डारी कारागार चलान भएका हुन्। 

जिल्ला अदालत काठमाडौँले भण्डारीलाई थुनामा पठाउन आदेश दिएको एसपी भट्टराईले बताए। भण्डारी समेतका आन्दोलनकारीले भदौ २४ गते कोटेश्वर प्रभागमा कार्यरत सहायक हवल्दार ३१ वर्षका अमृत गुरुङको हत्या गरेको आरोप छ। 

गुरुलाई आन्दोलनकारीले ढुंगामुढा तथा फलामको रड र चक्कुले प्रहार गरेर सडकमा घिसार्दै अचेत र रगताम्मे अवस्थामा सडकमै फालिदिएका थिए। स्थानीयले उनलाई उपचारका लागि बीएण्डबी अस्पताल ग्वार्कोमा लगे पनि सोही दिन दिउँसो पौने ५ बजेतिर उनको मृत्यु भएको अस्पतालले जानकारी गराएको थियो। 

निषेधाज्ञाको समयमा ड्युटीमा खटिएका आफ्ना श्रीमानको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै उनकी पत्नी कान्ती गुरुङले जाहेरी दिएकी थिइन्। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई कैलालीबाटै पक्राउ गरेर ल्याएको थियो। इलाका प्रहरी कार्यालय लम्कीको सहयोगमा असोज १३ गते पक्राउ परेका भण्डारीले हत्यामा आफ्नो संलग्नता स्वीकार गर्दै बयान दिएका थिए। 

यसअघि महाराजगञ्ज बृत्तका दुई प्रहरीको हत्या आरोपमा चार जना कारागार चलान भइसकेका छन्। प्रहरीले थप व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad