समाज


राशिफल १२ कात्तिक : कन्यालाई महत्त्वपूर्ण कामको जिम्मेवारी, कुम्भ विवादमा पर्ने, तपाईँको भाग्य कस्तो?

राशिफल १२ कात्तिक : कन्यालाई महत्त्वपूर्ण कामको जिम्मेवारी, कुम्भ विवादमा पर्ने, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
कात्तिक १२, २०८२ बुधबार ४:३५, काठमाडौँ

आज बुधबार, १२ कात्तिक २०८२ (२९ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: रमणीय, सुखद र धार्मिक यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन्। मन्त्र- विवेक नै सफलताको विश्वसनीय साथी हो।

भाग्यशाली रङ पहेँलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: लाभदायक यात्रा हुनेछ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा र पारिवारिक भेटघाटमा रमाइन्छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको ख्याल गर्नुहोला। मन्त्र- कर्मशीलता नै सबैभन्दा ठूलो पुँजी हो।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन: आफ्नै हेलचेक्र्याइँले काममा उल्टो परिणाम निस्कनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। प्रतिस्पर्धीले तपाईँको खुट्टा तान्ने प्रयास गर्न सक्छन्। मन्त्र- विवेक र लगनले सफलता आफैँ बोलाउँछ।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कर्कट: लगानीमा रहेको रकम फिर्ता आउन सक्छ। अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्ला। रोजगारीको अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७१, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: महत्त्वपूर्ण कामको थालनी हुनेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। रमणीय र सुखद यात्राको योग छ। कसैकसैका लागि सन्तान प्राप्ति हुनेछ।

भाग्यशाली रङ कालो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कन्या: जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। रमणीय र सुखद यात्राको योग छ। प्रणय प्रसङ्गका लागि समय उत्तम छ। रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ।

भाग्यशाली रङ निलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

तुला: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। अविश्वासको वातावरण सिर्जना हुन सक्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। यात्रामा मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। साँझमा पैसा खर्च हुने योग छ।

भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृश्चिक: धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग हुनेछ।

भाग्यशाली रङ पर्पल र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

धनु: राजनीतिक र न्यायिक कार्यबाट सफलता मिल्नेछ। घरमा अतिथिको आगमन होला। व्यापार व्यवसायबाट आम्दानी हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ।

भाग्यशाली रङ सेतो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ४९, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: जोस, जाँगर बढ्नुका साथै समयले राम्रो साथ दिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। दूरदराजमा बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ: महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिकका व्यक्तिसँग वादविवाद हुनेछ। झमेलामा परिएला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आर्थिक कारोबारमा विवाद होला। कतै जाने योजना बन्नेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ७५, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

मीन: मनमा हर्ष, उमङ्ग र उत्साह रहला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। रमाइलो यात्राको योग रहेको छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। प्रेमीसँग मधुर मिलन हुनेछ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad