समाज


महानगरले ट्राफिक प्रहरी कार्यालय थापाथलीका संरचना भत्काउने तयारी गरेपछि प्रहरी तैनाथी बढाइयो (तस्बिरहरू)

महानगरले ट्राफिक प्रहरी कार्यालय थापाथलीका संरचना भत्काउने तयारी गरेपछि प्रहरी तैनाथी बढाइयो (तस्बिरहरू)

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार ११:४४, काठमाडौँ

काठमाडौँ महानगरपालिको ट्राफिक प्रहरी कार्यालय थापाथलीका संरचना भत्काउने तयारी गरेको छ। 

काठमाडौँ महानगरपालिकाले ट्राफिक प्रहरी कार्यालयको संरचना भत्काउने तयारी गरेपछि त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी तैनाथ भएका छन्। 

महानगरपालिकाले अहिले डोजरको सहायताले ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको  इरानी चिया पसलको भवन भत्काइरहेको छ। 

महानगले गएको शुक्रबार पनि बागमती किनारमा रहेको राम मन्दिर परिसरमा बनेका अवैध भौतिक संरचना हटाएको थियो। 

त्रिपुरेश्वरबाट थापाथली लाग्दा चोकको दायाँतर्फ रहेको ट्राफिक प्रहरी कार्यालयको संरचना पनि महानगरले हटाउन थालेको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad