समाज


आज यी स्थानमा वर्षा-हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा-हिमपातको सम्भावना

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार ८:५९, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपात तथा बाँकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ। 

यस क्रममा दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। 

यस्तै राति पनि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपात तथा बाँकी पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad