समाज


काठमाडौंमा लकडाउन केही खुकुलो, बिहान १० बजेसम्म किनमेल गर्न पाइने

काठमाडौंमा लकडाउन केही खुकुलो, बिहान १० बजेसम्म किनमेल गर्न पाइने

नेपालखबर
बैशाख १४, २०७७ आइतबार १६:६,

सरकारले लकडाउनको अवधि १० दिन थप गरेकै दिन काठमाडौं महानगरपालिकाले भने स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ।

आइतबार बसेको ४५औं कार्यपालिका बैठकमा मेयर विद्यासुन्दर शाक्यले राखेको प्रस्तावमा महानगरपालिकाका सबै वडाका अध्यक्ष सकारात्मक भएका हुन्।

मेयर शाक्यले वडाध्यक्षहरूलाई भने, ‘बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउनु होला।’

आज आइतबारै साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि  १० दिन थपेर वैशाख २५ गतेसम्म लम्ब्याएको छ।

मेयर शाक्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, र्‍यापिड परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले अहिलेसम्म आफ्ना क्षेत्रका ६८ हजार ६ सय १७ नागिरकई राहत वितरण गरेको मेयर शाक्यले जानकारी दिए। यस्तै १९ हजार ७ सय २३ जनालाई वडा कार्यालयबाट निःशुल्क भोजनको व्यवस्था गरिएको पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad