समाज


एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १९:१८, काठमाडौँ

बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्।

ताप्लेजुङका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो। शेर्पा एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत हुन्।

बहुविवाहको मुद्दामा ३ वर्ष पहिले नै अदालतले दोषी ठहर गर्दै  एक वर्ष कैद र ५ हजार रुपैयाँ जरीवाना तोके पनि शक्तिको आडमा अदालतलाई अटेर गर्दै बसिरहेका थिए। तर मंगलबार उनलाई सजाय भुक्तानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। 

जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको थियो।

शेर्पालाई प्रहरीले सजाय भुक्तानका लागि बुधबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने एसपी भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad