प्रदेश १ मा हालसम्म पाँच हजार ५ सय १८ जनामा कोरोना परीक्षण भएको छ।
द्रूत परीक्षण विधि (आरडीटी)बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९७३ जनाको नमूना परीक्षण भएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सूचना डेस्कका अनुसार आरडीटीबाट तीन हजार ८०८ जना पुरुष र ७३७ जना महिलाको परीक्षण भएको छ। पिसीआरतर्फ ७२० पुरुष र २५३ जना महिलाको परीक्षण भएको छ। प्रदेशमा ३० जनामा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या आइतबारसम्म एक हजार ७७१ जना पुगेको छ। ४७ जना घर गएका छन्।
अहिले क्वारेन्टाइनमा ३०८ महिला र एक हजार ४६३ पुरुष छन्। आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन्।
एकजना डिस्चार्ज भएका छन्। होम क्वारेन्टाइनमा जम्मा पाँच हजार ७६० जनामा महिला एक हजार दुई जना र पुरुष चार हजार ७५८ जना रहेका छन्।

प्रतिक्रिया