भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोट, लिखु गाउँपालिका ६ का २९ वर्षीय विनोद बि.क. भन्ने विनोद सुनार रहेका छन्।
सुनार कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय कायम भई २०७७ असार १३ गते देखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए।
सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले आज २३ काठमाडौंको तारकेश्वर ५ अर्यालटारबाट पक्राउ गरेको हो।
उनलाई पुन: कारागार कार्यालय जगन्नाथदेवलमा बुझाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया