अज्ञात समूहले आइतबार जंगलमा बार्बिक्यु पार्टी गरेका थिए।
तर पार्टी सकेपछि पनि उनीहरुले आगो निभाएनन् जसका कारण डोरसेटको पडलटाउनस्थित जंगलमा आगजनी भयो।
आइतबार ठूलो आगजनी भएको र उक्त आगलागीलाई नियन्त्रण गर्न ६० जना अग्नीनियन्त्रक खटेको बीबीसीले जनाएको छ।
उक्त आगजनी नियन्त्रणमा लिन चार घण्टा लागेको थियो। यससँगै बेलायतकमा प्रहरीले लकडाउनको पालना गर्न र अति आवश्यक कामका लागि मात्र बाहिर निस्कन अनुरोध गरेको छ।
अहिले बार्बिक्यु पार्टीमा सामेल भएका व्यक्तिहरु को हुन् भनेर अनुसन्धान भइरहेको छ।

गत महिनादेखि कोरोनाको प्रभाव निकै बढेपछि बेलायतले अनिश्चित समयका लागि लकडाउन लागू गरेको छ।
बिना काम बाहिर निस्कन र भीडभाड नगर्न भनिएको छ।
हालसम्म बेलायतमा १ लाख ५२ हजार ८४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। यीमध्ये २० हजार ७३२ को मृत्यु भएको छ।



प्रतिक्रिया