समाज


खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार २०:५४, काठमाडौँ

नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न बनेको छ। 

सिभिल अस्पतालतर्फबाट तीनकुने जाने सडकबाट पानी तीव्र गतिमा बग्दै सडकभरि फैलिएकाले सडक पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।

पानीको उच्च प्रवाहका कारण त्यहाँ गुड्ने सवारी साधन साथै पैदलयात्रीहरु समस्यामा परेको प्रहरीले जनाएको छ। बगिरहेको पानीका कारण ट्राफिक व्यवस्थापनमा समेत चुनौती उत्पन्न भएको छ।

आकाशे पुलको ठीक छेउमा पाइप फुटेको पुष्टि गर्दै प्रहरीले पानी बगेर सिधै खोलामा मिसिएकाले ठूलो जोखिम भने नरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad