वैदेशिक रोजगारीका लागि कतार पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–५ घर भएका ४४ वर्षीय आनन्द कुमार साह रहेका छन्।
साहले रोजगारीका लागि कतार लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितले उजुरी दिएका थिए।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ।
36
Shares

प्रतिक्रिया