हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जसको कारण आज देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोसी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ। आज कोसी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेकाे महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने अनुमान विभागले गरेको छ। आज बिहान ५ः४५ बजे काठमाडाैँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो।
33
Shares

प्रतिक्रिया