कान्ति बाल अस्पतालले करारमा ४२ कर्मचारी मागेको छ।
बिहीबार सूचना जारी गरी अस्पतालले पाँचौँदेखि आठौँ तहसम्म विभिन्न पदमा ४२ कर्मचारी करारमा भर्ना गर्न दरखास्त खुलाएको हो।
सूचनाअनुसार आठौँ तहका मेडिकल अधिकृत २४ जना, बायोमेडिकल इन्जिनियर १ जना, पाँचौँ तहका स्टाफ नर्स १७ जना चाहिएको हो।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आज मंसिर ४ देखि १८ गतेसम्म आवेदन दिनुपर्नेछ।
आवेदन कान्ति बाल अस्पतालको वेबसाइटबाट डाउनलोड गरी भरेर अस्पतालमै बुझाउन सकिने सूचनामा उल्लेख छ।

495
Shares

प्रतिक्रिया