समाज


महोत्तरीमा एकै टोलका ४ जनाको रहस्यमय मृत्यु, कारण विषाक्त रक्सी भएको आशंका

महोत्तरीमा एकै टोलका ४ जनाको रहस्यमय मृत्यु, कारण विषाक्त रक्सी भएको आशंका

शैलेन्द्र महतो
बैशाख १७, २०७७ बुधबार ४:१८,

महोत्तरीको भंगहा नगरपालिका-७ मेघनाथ गोरहन्नामा रहस्यमय किसिमले ४ जनाकाे मृत्यु भएकाे छ।

स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको वडा नं. ७ का वडाध्यक्ष वासुदेव सिंह थारुले जानकारी दिए।

mahottari2

उनका अनुसार मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा उनीहरुकाे मृत्यु भएको हाे। सबै रक्सी पिउने व्यक्ति भएकाले विषाक्त मदिराकै कारण उनीहरुको मृत्यु भएको हुन सक्ने वडाध्यक्ष सिंहको अनुमान छ।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले शव पोस्टमार्टम नगरी रक्सीकै कारण मृत्युु भएको निष्कर्षमा पुग्न नसिकने बताए।

‘केही मानिस झाडापखालाबाट, केही रक्सी नखाने व्यक्तिको पनि मृत्युु भएको छ,’ उनले भने, ‘एक जनाको शवलाई पोस्टमार्टम गर्न शव नियन्त्रणमा लिन प्रहरीको टोली जलाउने ठाउँमा पठाएका छौं। पोस्टमार्टम पछि मात्र केही भन्न सकिन्छ।’

mahottari4

गंगाराम सदाको शव जलाउने स्थलमा प्रहरी पुग्दा जलाइ सकिएको थियो। लालबाबु सिंहलाई बिहान जनकपुर उपचारका लागि लाँदै गर्दा बाटोमै मृत्युु भएको थियो। चार जनामध्ये उनको शव मात्र जलाउन बाँकी रहेकाले प्रहरीले नियन्त्रणमा लिन गएकाे हाे।

यसैबीच मृतक लालबाबुको घरबाट प्रहरीले रक्सी बरामद गरेको छ। यसकाे परिक्षण गरिने प्रहरीले जनाएको छ।

यसअघि चैत पहिलो साता धनुषाको रमदैया र जनकपुरमा पनि विषाक्त मदिरा पिएकै कारण २४ जनाकाे ज्यान गएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad