समाज


एकैदिन बारा र पर्साका ३ जनामा कोरोना पुष्टि

एकैदिन बारा र पर्साका ३ जनामा कोरोना पुष्टि

शैलेन्द्र महतो
बैशाख १७, २०७७ बुधबार ६:२०,

प्रदेश २ मा एकै दिन चारजनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ।

बाराका २ र पर्साका १ गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरले जानकारी दिए।

उनीहरु ३१, ४३, ४६ र ५० वर्षका पुरुष रहेको सचिव घिमिरेले जानकारी दिए।

उनीहको स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो। बुधबार नै उनीहरुको रिपोर्ट आएको र चारै जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको उनले बताए।

चारैजना स्थानीय क्वारेन्टिनमा रहेको कोरोना पुष्टि हुने बितिकै उनीहरुलाई उपचारको लागि नारायण उपक्षेत्रीय अस्पताल वीरगन्ज लैजाने तयारी भइरहेको सचिव घिमिरेले नेपालखबरलाई जानकारी दिए।

यसअघि मंगलबार मात्र प्रदेश २ को रौतहटमा २ जना कोरोना संक्रमित फेला परेका थिए। यससँन्गै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १३ र नेपालभर कोरोना संक्रमितको संख्या ५७ पुगेको छ।

जसमध्ये प्रदेश २ का ४ जना उपचारपश्चित घर पर्किसकेका छन् भने नेपालभर गरी १६ जना डिस्चार्ज भइसकेका छन्। 

नाेट: यसअघि संक्रमितकाे कुल संख्या ५७ हुनुपर्नेमा अन्यथा भएकाेले सँच्याइएकाे छ। यसअघि सचिव घिमिरेले बारामा २ र पर्सामा २ गरी ४ जना संक्रमित भेटिएकाे बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad