समाज


७ मंसिरको राशिफल: वृषको घरायसी वातावरण बिग्रने, कर्कटलाई नसोचेको लाभ, तपाईँको भाग्य कस्तो?

७ मंसिरको राशिफल: वृषको घरायसी वातावरण बिग्रने, कर्कटलाई नसोचेको लाभ, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
मंसिर ७, २०८२ आइतबार ४:३३, काठमाडौँ

आज आइतबार, ७ मंसिर २०८२ (२३ नोभेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: वाणीमा कुशलता बढ्नेछ। सहयोगीहरूको पूर्ण साथ रहनेछ र काममा सोचेजस्तै सफलता मिल्नेछ। करियरमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण परिवर्तन ल्याउनेछ। यात्राको अवसर जुट्नेछ।

भाग्यशाली रङ निलो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७९ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६२ र सम्पूर्ण भाग्यांक ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। उत्तर दिशातर्फ यात्रा नगर्ने।

वृष: घरायसी वातावरणमा केही अस्थिरता देखिन सक्छ। परिवारभित्रका स-साना काममा धेरै समय खर्चिनुपर्छ। राजनैतिक कार्यमा अवरोध आए पनि बन्धु–बान्धवबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: परोपकार तथा सद्भावपूर्ण कार्यमा रुचि बढ्नेछ। धन सञ्चयका अवसर प्राप्त हुनेछ। विद्या–बुद्धिको विकास हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ र काममा सफलता पनि प्राप्त हुनेछ।

भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६४, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कर्कट: धार्मिक तथा सामाजिक महत्त्वका स्थानमा भ्रमण हुन सक्छ। रोकिएका काम अघि बढ्ने सम्भावना छ। नसोचेको लाभ प्राप्त हुन सक्छ। अग्रजहरूको अनुभवबाट नयाँ अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

सिंह: प्रतिस्पर्धीलाई पछि पार्दै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। घरमा अतिथिको आगमनले वातावरण खुसीपूर्ण बन्नेछ। नजिकको व्यक्तिको सहयोगले महत्वपूर्ण काम पूरा हुनेछ।

भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखालाई खाना दिने। छलकपट नगर्ने।

कन्या: मन खिन्न हुने अवस्था बन्न सक्छ। महत्त्वाकाङ्क्षी योजनाहरू गोप्य राखेर अघि बढ्नु अनुकूल हुनेछ। प्रेम सम्बन्धमा मनमुटाव र मन कमजोर हुने समय छ। सामान हराउने सम्भावना भएकाले सावधानी अपनाउनुहोस्।

भाग्यशाली रङ पर्पल र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४२, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ४० र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ४१ र सम्पूर्ण भाग्यांक ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले कमीला वा माछालाई चारो खुवाउने। कालो रङ प्रयोग नगर्ने।

तुला: सहयोगी, आफन्त तथा मित्रहरूको साथ प्राप्त हुनेछ। गोप्य रूपमा गरिएको कार्यमा सफलता मिल्नेछ। प्रेम तथा प्रणयका लागि अति राम्रो समय छ। वैदेशिक अवसरहरू अघि बढ्नेछन्।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, seयर बजारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक: आफ्नै दक्षताले महत्वपूर्ण कामहरू सम्पन्न हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर प्राप्त हुन सक्छ। परिवारमा नयाँ सदस्य थपिने सम्भावना पनि छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

धनु: भाग्य प्रबल बन्नेछ। विशिष्ट व्यक्तिबाट हौसला तथा पुरस्कार प्राप्त हुन सक्छ। परोपकार तथा सहयोगका क्षेत्रमा सक्रिय भइनेछ। आफन्तहरू खुसी हुने समाचार दिन सकिनेछ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।

मकर: कलहको सम्भावना भएकाले वाणी र व्यवहारमा सतर्कता अपनाउनुहोस्। आर्थिक क्षेत्रमा केही चुनौती देखापर्न सक्छ। साँझतिर साथीभाइको भेटघाटले मन प्रफुल्ल हुनेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ४७, सेयर बजारमा ४६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४० र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङ प्रयोग नगर्ने।

कुम्भ: परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। धार्मिक स्थलको भ्रमणले ऊर्जा बढाउनेछ। सहयोगी तथा आफन्तको साथले काम सजिलै सम्पन्न हुनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्यांक ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृदेवताको आशिर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: पुनर्मिलनको योग छ। रोकिएको काम दोहोर्याएर गर्दा सफल हुनेछ। टाढिएका साथी तथा सम्बन्धहरूसँग नजिकिने अवसर छ। व्यापार तथा सेयर बजारमा औसत लाभ प्राप्त हुनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङ प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad