समाज


पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १५:२९, काठमाडौँ

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँ महानगरपालिका-१० बानेश्वरस्थित थापागाउँको घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। 

'उहाँ घरमै झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आएको थियो। प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया भरखरै सकेको छ' उनले भने, 'अब शव पोस्टमार्टमका लागि लगिन्छ।'

खनियाँ रेडियो अडियोका सञ्चालक हुन्। सोही घरमा रेडियो अडियोको कार्यालय पनि सञ्चालनमा थियो। तर, खनियाँले केही महिनाअघि मात्रै घर बिक्री गरेको खुलेको छ। बिक्री गरे पनि उनीहरू त्यहीँ बस्दै आएका थिए।  उनका श्रीमती र एक छोरी छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad