समाज


पहिलो त्रैमासमै १ हजार ८०५ गिगावाट-आवर विद्युत भारत निर्यात

पहिलो त्रैमासमै १ हजार ८०५ गिगावाट-आवर विद्युत भारत निर्यात

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १४:१४, काठमाडौँ

नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ हजार ८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात गरेको छ।

यो तथ्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवि चटौतले राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबारको बैठकमा प्रस्तुत गरेका हुन्।

सचिव चटौतका अनुसार मनसुन अवधिमा देशभित्र पर्याप्त विद्युत उत्पादन हुने भएकाले आयात अत्यन्त न्यून रह्यो। पहिलो त्रैमासिकमा नेपालले जम्मा २.८ गिगावाट मात्र विद्युत आयात गरेको छ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ८६ मेगावाट विद्युत उत्पादन थपिएको जानकारी दिँदै उनले ६६ केभी तथा माथिल्लो भोल्टेजका ३६ किलोमिटर र ३३ केभीका १३१ किलोमिटर ट्रान्समिशन लाइन निर्माण सम्पन्न भएको बताए।

ऊर्जा क्षेत्रका योजनामा बजेट खर्च र प्रगतिबारे जानकारी दिँदै चटौतले भने, ‘ऊर्जातर्फ विनियोजित ६ अर्ब ३० करोड ८० लाख रुपैयाँमध्ये हालसम्म १५.१६ प्रतिशत खर्च भएको छ। नेपाल विद्युत प्राधिकरणका लागि विनियोजित ४२ अर्ब २ करोड ४३ लाख रुपैयाँमध्ये ६.५४ प्रतिशत मात्र प्रगति भएको छ।’

विद्युत व्यापारमा नेपालले उत्पादन क्षमता विस्तार गर्दै निर्यात बढाएको उल्लेख गर्दै उनले वार्षिक मनसुन अवधिमा देश स्वावलम्बी मात्र नभई निर्यातकर्ता बन्न सक्ने अवस्था बनेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad