समाज


काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १८:३, काठमाडौँ

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस कार्कीलाई बढुवाको निर्णय गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय गरेको हो। 

गृहमन्त्री ओमप्रकाश अर्यालले बढुवा र पदस्थापनको प्रस्ताव यसअघि नै मन्त्रिपरिषद्मा पेस गरेका थिए। मन्त्री अर्याल भने सोमबार मन्त्रिपरिषद् अघि नै भैरहवा पुगेका थिए। उनको अनुपस्थितमा बसेको बैठकले एआईजी कार्कीको बढुवा र पदस्थापनको निर्णय गरेको हो। 

यसअघि डीआईजी हुँदा कार्की कोसी प्रदेशको प्रहरी प्रमुख थिए। उपत्यका प्रहरी कार्यालय कात्तिक २६ गतेदेखि प्रमुखबिहीन भएको थियो। दानबहादुर कार्की आईजीपी भएपछि प्रमुख रिक्त भएको थियो। 

रिक्त पदमा बढुवा भएका ईश्वर कार्कीलाई नै राजधानीको सुरक्षा कमाण्डको जिम्मेवारी सुम्पिने निर्णय भएको हो। एआईजी ईश्वर कार्की आईजीपी दानबहादुर कार्कीकै ब्याची हुन्। 

यसबीचमा डीआईजी ओम अधिकारीले निमित्त प्रमुख भएर काम गरिरहेका थिए।  

नेपाल प्रहरीमा ८ जना एआईजीको दरबन्दी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad