समाज


आज अनिवार्य अवकाशमा जाँदै मुख्यसचिव एकनारायण अर्याल

आज अनिवार्य अवकाशमा जाँदै मुख्यसचिव एकनारायण अर्याल

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार ७:१५, काठमाडौँ

मुख्यसचिव एकनारायण अर्याल आज मंसिर ९ गते अनिवार्य अवकाशमा जाँदै छन्।

सोही कारण सरकारले सोमबारै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो।

एकनारायण विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा  नियुक्त भएका थिए।

मुख्यसचिवका रूपमा उनले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गरेका छन्।

उनको कार्यकालमा नीतिगत एवं कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्न गई सहजीकरण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग भएको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको मुख्यसचिव आज अवकाश हुन लागेका अर्यालको भनाइ छ।

यस्तै उनको कार्यकालमा अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ।

एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्यांक प्रयोगलाई उनको कार्यकालमा विशेष प्राथमिकतामा राखिएको थियो।

त्यस्तै, ‘ग्रेलिस्ट’बाट बाहिरिन सुधारात्मक क्रियाकलापको कार्ययोजना निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गरिएको छ।

योसँगै सरकारले पहिलोपटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ।

सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोग, अन्तरआबद्धता र रूपान्तरणमा जोड दिइएको छ।

उनको कार्यकालमा सबै सेवाको सुरु बिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउनेगरी राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा सेवाको प्राप्ति र उपयोग गर्न सक्नेगरी प्रणालीमा सुधारको काम भएको छ।

उनको कार्यकालमा अन्तर्राष्ट्रिय सहभागिता सहितको सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा विशेष जोड दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad