प्रदेश लोकसेवा आयोग, गण्डकीले ठूलो संख्यामा स्थानीय सेवाका पाँचौँ तहका प्राविधिक र अप्राविधिक पदहरूमा विज्ञापन आह्वान गरेको छ।
लोकसेवा आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले आज सूचना जारी गर्दै स्थानीय तहहरूबाट पदपूर्तीका लागि माग भइ आएका पाँचौँ तहका प्राविधिक र अप्राविधिक रिक्त पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ती गरिने जनाएको छ।
प्राविधिक पदहरूतर्फ सिभिल इन्जिनियर खुला तर्फ १९ जना, महिला ३, आदिवासी जनजाती ३ सहित २८ जना माग भएकाे छ।
त्यसैगरि कृषि तर्फ प्राविधिक सहायक खुलामा ७ जनासहित १३ जना, पशु स्वास्थ्य प्राविधिकतर्फ १२ जना, प्रशासन (शिक्षा)तर्फ ३ जना, स्वास्थ्य तर्फ स्टाफ नर्स ६ जना माग भएको छ।
त्यसैगरि कविराज, हेल्थ असिस्टेन्ट, रेडिओग्राफरसहित स्वास्थ्य सेवा तर्फ थप २५ जना र प्रशासनतर्फ ४२ जना कर्मचारीको लागि लोकसेवाले दरखास्त आह्वान गरेको छ। समग्रमा लाेकसेवा गण्डकीले एकसय ८५ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेकाे हाे।
हेर्नुहोस् सूचना



Shares

प्रतिक्रिया