समाज


शिक्षक महासंघले शिक्षामन्त्री पुनलाई भेटेर भन्यो- विगतको सरकारसँग भएका ९ बुँदे सहमति कार्यान्वयन गर्नुस्

शिक्षक महासंघले शिक्षामन्त्री पुनलाई भेटेर भन्यो- विगतको सरकारसँग भएका ९ बुँदे सहमति कार्यान्वयन गर्नुस्

नेपालखबर
मंसिर १०, २०८२ बुधबार ९:४२, काठमाडौँ

नेपाल शिक्षक महासंघले केपी ओली नेतृत्वको सरकारसँग विगतमा भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न शिक्षामन्त्रीसँग माग गरेको छ। 

मंगलबार शिक्षामन्त्री महावीर पुनलाई भेटेर सरकारसँग विगतमा भएका सहमती कार्यान्वयसहितका विभिन्न माग गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। 

‘हामीले शिक्षक सरुवा निर्देशिकाको खारेजी, गएको वैशाख १७ गते मन्त्रिपरिषद् बैठकले गरेका नौबुँदे निर्णयको कार्यान्वयन, स्थानीय भत्ताको उपलब्धता, शिक्षकहरूको रोकिएको तलब तुरुन्तै निकासा गर्नुपर्ने लगायका माग गरेका छौँ,’ नेपालखबरसँग अध्यक्ष सुवेदीले भने, ‘हाम्रा मागमा शिक्षामन्त्री पुनले म यस विषयमा सोधखोज गर्छु, बुझ्छु भन्नु भएको छ।’

सुवेदीले देशका केही पालिकाहरूले परिषद् गर्न नसक्दा शिक्षकहरूको तलब भक्ता रोकिएको विषयमा पनि मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए। 

‘दलहरूबीचको द्वन्दको कारण देशका केही पालिकाहरूले परिषद् गर्न सकेका छैनन्। परिषद्ले बजेट पास नगर्दा शिक्षकहरूको पनि तलब निकासा रोकिएको छ,’ सुवेदीले  भने, ‘आर्थिक नियमावली परिवर्तन गरेर भएपनि शिक्षकको तलब निकासा गर्नु पर्‍याे भन्ने माग हामीले शिक्षामन्त्रीसँग गरेका छौँ। हामीले तलब भत्ता निकासाको लागि पालिका परिषद् जरुरी नहुने गरि नियम बनाउन आग्रह गर्दा शिक्षामन्त्री पुनले म यस विषयमा सोधखोज गर्छु, बुझ्छु भन्नुभएको छ।’

गत चैत–वैशाखमा देशभरका शिक्षकले काठमाडौँमा लामो  सयमसम्म आन्दोलन गरेपछि तत्कालीन शिक्षामन्त्री रघुजी पन्तसँग ९ बुँदे सहमति भएको थियो। जसमा असार महिनाभित्रै शिक्षा ऐन जारी गर्ने लगायतका बुँदाहरू समावेश थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad