काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ।
आज (बिहीबार) बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले नेपालखबरलाई जानकारी दिए।
हिजो बुधबार पनि बिहान यो समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यसभन्दा कम ६.४ डिग्री सेल्सियस थियो।
तर पछि बिहान ८:४५ बजे पुन: मापन गर्दा ६.१ डिग्री सेल्सियसमा झरेको थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान उक्त समयमा अपडेट गरिनेछ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
Shares

प्रतिक्रिया