काठमाडौं महानगरपालिका–१० देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काइएको छ। देवीनगरमा भद्रकुमारी स्पोर्ट्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई शुक्रबार महानगरले डोजर लगाएर भत्काएको हो।
देवीनगर (धोबीखोला करिडोर)स्थित सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्ट्स पार्क बनाउन केही दिनअघि शिलान्यास गरिएको थियो। पार्क बनाउने स्थानलाई खाली गर्न ती संरचना हटाइएको काठमाडौं महानगर प्रहरी बलका एसपी मनोजप्रसाद लामिछानेले जानकारी दिए।
पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल पाँच रोपनी १० आना दुई पैसा अर्थात् दुई हजार ८८० वर्गमिटर रहेको महानगरले जनाएको छ।
पार्कभित्र खुला व्यायामशाला, ब्याडमिन्टन कोर्ट, फुटसल मैदान समेत निर्माण गरिने महानगरले जनाएको छ।
114
Shares

प्रतिक्रिया