भारतको मौसम विभाग (आईएमडी) ले चक्रवात 'दित्वाह' तमिलनाडुको उत्तरी भाग, पुडुचेरी र दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रतिर बढिरहेको बताएको छ।
आईएमडीले जारी गरेको विज्ञप्तिअनुसार, चक्रवात 'दित्वाह' बितेका ६ घण्टामा १० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर र उत्तर-पश्चिमतिर अघि बढेको छ।
Cyclonic Storm Ditwah [Pronunciation: Ditwah] over coastal Sri Lanka & adjoining southwestBay of Bengal: Cyclone Alert for north Tamil Nadu & Puducherry andadjoining south Andhra Pradesh coasts (Orange Message)
The Cyclonic Storm Ditwah [Pronunciation: Ditwah] over coastalSri… pic.twitter.com/5tws6Xm4F5
यो आँधी श्रीलंकाको तट र बंगालको खाडी हुँदै उत्तरपश्चिमतिर सर्ने क्रम जारी रहनेछ र नोभेम्बर ३० (आइतबार) बिहानसम्ममा तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेशको तटमा ठोकिनेछ।
यसअघि श्रीलंकामा 'दित्वाह'का कारण भएको भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण कम्तीमा ५६ जनाको मृत्यु भइसकेको छ।
Shares

प्रतिक्रिया