समाज


सशस्त्रमा ठूलो फेरबदल, यी हुन् एकै पटक सरूवा हुने १०३ इन्स्पेक्टर

सशस्त्रमा ठूलो फेरबदल, यी हुन् एकै पटक सरूवा हुने १०३ इन्स्पेक्टर

सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक राजु अर्याल


नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १५:४६, काठमाडौँ

सशस्त्र प्रहरी बलले एकै पटक एक सय तीन जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ। सशस्त्र प्रधान कार्यालयले संगठनको नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत इन्स्पेक्टरको सरुवा गरेको हो।

महानिरीक्षक तहबाट भएको सरूवाबाट हालसम्म कमाण्ड (गुल्म प्रमुख)को जिम्मेवारी नपाएका र लामो समयदेखि हेडक्वार्टर वा कम महत्त्वपूर्ण स्थानमा कार्यरत इन्स्पेक्टरहरूलाई कार्यक्षेत्रमा खटाइएको छ।

निर्वाचन मिति नजिक आइरहेको समयमा ठूलो संख्यामा इन्स्पेक्टरहरुको सरुवा भएको हो। यो सरुवाले विभिन्न युनिटको नेतृत्वमा परिवर्तन गर्नेछ। 

एउटै स्थानमा लामो समयदेखि कार्यरत प्रहरी अधिकारीहरूलाई चक्रिय प्रणालीअनुसार नयाँ ठाउँमा खटाएर सांगठनिक चुस्तता कायम गर्न समय-समयमा सरूवा गर्ने गरिन्छ। सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, आन्तरिक सुरक्षा र विपद् व्यवस्थापन लगायतका महत्त्वपूर्ण कार्य गर्दै आएको छ।

को कहाँ पुगे सूचि हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad