समाज


मल उत्पादन, मासु निर्यात लगायत कृषि क्षेत्रमा सघाउन चीन सकारात्मक

मल उत्पादन, मासु निर्यात लगायत कृषि क्षेत्रमा सघाउन चीन सकारात्मक

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १७:४, काठमाडौँ

कृषि तथा पशुपन्छी विकासमन्त्री डा‍. मदनप्रसाद परियार र नेपालका लागि चीनका राजदूत चेन सङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ।

त्यस क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

मन्त्री डा. परियारले आधुनिक, दिगो र जलवायुमैत्री कृषि प्रणाली विकास, उत्पादन वृद्धि तथा द्विपक्षीय व्यापार बिस्तारका लागि चीनको प्राविधिक, संस्थागत र व्यापारिक सहकार्य नेपालका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। 

विभिन्न प्रोटोकल, अवधारणापत्र तथा सहकार्य संयन्त्रहरूको प्रभावकारी कार्यान्वयनका लागि दुवै देशबीच निरन्तर संवाद र साझेदारी आवश्यक रहेको पनि उनले बताए। मन्त्री डा. परियारले नेपाल-चीन कृषि सहकार्यले नेपाली कृषक, ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय विकासमा प्रत्यक्ष योगदान पु¥याउने विश्वास नेपाल सरकारले लिएको धारणा राखेका थिए। 

राजदूत सङले कृषि क्षेत्रमा गर्न सकिने सहकार्य, क्षमता अभिवृद्धि, मिश्रित मल उत्पादन, रोगमुक्त भैँसीको मासु निर्यात र कृषि प्रदर्शन पार्क स्थापनाबारे चीन सकारात्मक रहेको बताएका थिए। दुवै पक्ष प्राविधिक सहयोग, लगानी र ज्ञान आदानप्रदानको महत्त्वमा जोड दिँदै नेपालको कृषि क्षेत्र सुदृढ पार्न र दिगो विकास प्रवर्द्धन गर्न आवश्यक रहेकामा सहमत भएको मन्त्री परियारको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad