समाज


कोरोना आशंकामा आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु

कोरोना आशंकामा आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ३:२६,

जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका-५ की ५१ वर्षीया देवु विक हुन्।

एकाएक उच्च ज्वरो खाएपछि ती महिलालाई १५ वैशाखमा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिए।

उनले भने, ‘उच्च ज्वरो आएपछि उहाँलाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेका थियौँ, उहाँको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ छ, मृत्यु भएको कारणबारे थप बुझदैछौँ।’

मृत्यु भएकी महिलाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad