समाज


यी हुन् पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका दुई जना चिनियाँसहित ५६ प्रतिवादी

यी हुन् पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका दुई जना चिनियाँसहित ५६ प्रतिवादी

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १७:३१, काठमाडौँ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री रामशरण महतसहित ५५ जना र एक कम्पनी गरी ५६ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको छ।

अर्थ मन्त्रालयले चार जना पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरूविरुद्ध समेत मुद्दा दर्ता गरेको हो। जसमा स्वर्गीय पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य र दीपकचन्द्र अमात्य समेत छन्। 

यस्तै, विमानस्थल निर्माणको जिम्मा पाएको सीएएमसी इन्जिनियरिङ कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ। विमानस्थल निर्माणका क्रममा ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसा भ्रष्टाचार भएको अख्तियारको दाबी छ। 

स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलर रहेकोमा अस्वभाविक रुपमा मूल्य बढाई संशोधन गरेको पाइएको छ। संशोधन गरेर २४ करोड ४० लाख ४० हजार ४५० रुपैयाँ अमेरिकी डलर कायम गरिएको थियो। यसरी लागत बढाएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। यसरी बढाएको लागतको औचित्य पुष्टि नहुने अख्तियारको दाबी छ।

को को संलग्न? 

  • रामकुमार श्रेष्ठ, तत्कालीन मन्त्री– संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अध्यक्ष– नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति 
  • भीम प्रसाद आचार्य, तत्कालीन मन्त्री – संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अध्यक्ष– नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति 
  • दीपक चन्द्र अमात्य, तत्कालीन मन्त्री – संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अध्यक्ष– नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति 
  • डा. रामशरण महत, तत्कालीन अर्थमन्त्री 
  • सुशील घिमिरे, तत्कालीन सचिव–  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सुरेशमान श्रेष्ठ, तत्कालीन सचिव–  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सुमन प्रसाद शर्मा, तत्कालीन सचिव– अर्थ मन्त्रालय
  • भेषराज शर्मा, तत्कालीन सचिव– कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय
  • रञ्जन कृष्ण अर्याल, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • मोहनकृष्ण सापकोटा, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • लोक बहादुर खत्री, तत्कालीन सहसचिव–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा प्राधिकरण सञ्चालक सदस्य 
  • मनरुप शाही, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
  • ज्योति अधिकारी, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
  • मनोज कार्की, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
  • फुर्वा छिरिङ शेर्पा, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
  • सुरेश आचार्य, तत्कालीन सहसचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चालक समिति सदस्य– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • मदन खरेल, तत्कालीन सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
  • मुक्तिनारायण पौडेल, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
  • सूर्यप्रसाद आचार्य, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सञ्चालक समिति सदस्य – नेपाल नागरिक उड्डयन प्राधिकरण
  • त्रिरत्न मानन्धर, तत्कालीन महानिर्देशक– भन्सार विभाग तथा सदस्यसचिव– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • रतीश चन्द्रलाल सुमन, तत्कालीन महानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण, सदस्यसचिव – प्राधिकरण सञ्चालक समिति 
  • सुमन कुमार श्रेष्ठ, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • हरिबहादुर खड्का, तत्कालीन उपसचिव– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • रोशन चित्रकार, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • ऋषिकेश शर्मा, तत्कालीन उपमहानिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • नारायण गिरी, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • महेश कुमार बस्नेत, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • बाबुराम पौडेल, तत्कालीन निर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • अशोक कुमार सुवेदी, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • मुरारी भण्डारी, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • सुवर्णराज उपाध्याय, तत्कालीन उपनिर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • प्रतापबाबु तिवारी, तत्कालीन निर्देशक– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • रुद्र प्रसाद फुयाल, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • रामचन्द्र सुवेदी, तत्कालीन प्रबन्धक– नेपाल नागरिक उड्डयन प्राधिकरण
  • डा. रामकृष्ण तिमिल्सिना भन्ने डा. रामकृष्ण तिमल्सेना, तत्कालीन पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत
  • डा. पुरुषोत्तम डंगोल, तत्कालीन एयरपोर्ट इन्जिनियर
  • विनोदानन्द चौधरी भन्ने बिनोदानन्द चौधरी मैथिल बाहुन, सेवा निवृत्त निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
  • मुकुन्द प्रसाद भण्डारी, तत्कालीन निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
  • गंगासागर मान श्रेष्ठ, तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
  • प्रदीप अधिकारी, तत्कालीन उपप्रबन्धक तथा हालका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
  • तत्कालीन प्राडा रबिन्द्रनाथ श्रेष्ठ, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक
  • तत्कालीन उपप्राध्यापक सूर्य ज्ञवाली, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक
  • तत्कालीन उपप्राध्यापक सन्तोषकुमार श्रेष्ठ, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक
  • हंसराज पाण्डेय, तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
  • डा. पुण्यराज शाक्य, तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
  • द्वारिका प्रसाद भट्टराई, तत्कालीन वरिष्ठ कानुन अधिकृत, नेपाल नागरिक उड्डयन प्राधिकरण
  • कुल प्रसाद सिम्खडा, तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
  • मधुकुमार मरासिनी, तत्कालीन सहसचिव, अर्थ मन्त्रालय
  • लालबहादुर खत्री, तत्कालीन उपसचिव, अर्थ मन्त्रालय
  • कमल कुमार भट्टराई, तत्कालीन शाखा अधिकृत, अर्थ मन्त्रालय
  • प्रेम उपाध्याय भन्ने प्रेमनाथ उपाध्याय, तत्कालीन उपसचिव, अर्थ मन्त्रालय
  • स्व. पोष्टबहादुर बोगटी (को हकवाला राममाया बोगटी), मन्त्री– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अध्यक्ष– प्राधिकरण सञ्चालक समिति
  • ध्रुवदास भोछिभोया (को हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठ), तत्कालीन उपनिर्देशक– नागरिक उड्डयन प्राधिकरण
  • चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड र सोका मुख्य भई काम गर्ने व्यक्ति चेयरम्यान वाङ बो र रिजनल जनरल मेनेजर लिउ शेङचेङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad