समाज


आज दिउँसो जुम्लामा भन्दा काठमाडौँमा बढी जाडो!

आज दिउँसो जुम्लामा भन्दा काठमाडौँमा बढी जाडो!

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १९:२३, काठमाडौँ

हामीले बुझेको कुरा- काठमाडौँ उपत्यकाभन्दा जहिले उच्च हिमाली जिल्ला जुम्ला नै बढी चिसो हुन्छ।

त्यसो त आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.१ डिग्री हुँदा जुम्लामा माइनस ३.४ डिग्री सेल्सियस छ। अर्थात् आज बिहान काठमाडौँभन्दा जुम्ला कता हो कता चिसो थियो। 

तर आज दिउँसो जुम्लाभन्दा काठमाडौँ बढी चिसो थियो। अर्थात् आज अधिकतम तापक्रम काठमाडौँमा भन्दा जुम्लामा बढी छ। 

मौसम महाशाखाको तथ्यांक अनुसार आज जुम्लाको अधिकतम तापक्रम १९.७ डिग्री सेल्सियस छ भने काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १८.६ डिग्री सेल्सियस छ। यसको अर्थ आज दिउँसो जुम्लामा भन्दा काठमाडौँ उपत्यकामा झन्डै १ डिग्री बढी जाडो थियो। 

मौसमविद्का अनुसार न्यूनतम तापक्रमले बिहानको चिसो कति थियो भनेर देखाउँछ भने अधिकतम तापक्रमले दिउँसो कति चिसो वा तातो थियो भनेर जनाउँछ। 

मौसमविद्का अनुसार अधिकतम तापक्रम दिउँसो कहाँ कति घाम देखिएको थियो भन्ने कुराले निर्धारण गर्छ भने प्रदूषणले मात्राले पनि यसमा भूमिका खेल्छ। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ भने सबैभन्दा माथि पुगेको तापक्रम अधिकतम तापक्रम हुन्छ। 

हेर्नुहोस् देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम

स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad