टिओबी समूहका तेन्जिङ दाता लामालाई दुई वटा मुद्दामा ५ लाख २० हजार रुपैयाँ धरौटी माग भएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले लामालाई मंगलबार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले आइतबार उनीविरुद्ध लिखत किर्ते र लागुऔषधसम्बन्धी कसुरमा अभियोग दायर गरेको थियो।
लिखत किर्तेमा ५ लाख रुपैयाँ र लागु औषधको मुद्दामा २० हजार रुपैयाँ धरौटी माग भएको अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए।
81
Shares

प्रतिक्रिया