समाज


म‌ंसिर २४ देखि फागुन २० सम्म ‘मानसिक सचेतना’ अभियान

म‌ंसिर २४ देखि फागुन २० सम्म ‘मानसिक सचेतना’ अभियान

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १७:२०, काठमाडौँ

सरकारले मानसिक समस्याबारे जनचेतना फैलाउन अभियान सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले मंसिर २४ गते देखि फागुन २० गते सम्म मानसिक सचेतना अभियान चलाउने भएको हो। 

केन्द्रका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन तीन महिने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। उनले ६ वर्ष माथिका बालबालिकामा मानसिक समस्या देखिएकाले  विद्यालयबाट सुरु गर्ने जनाए। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का मानसिक रोग विशेषज्ञ डा केदार मरहट्टाले ६ देखि १८ वर्षसम्मका १८ प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक समस्या भएको बताए। 

‘विद्यालयमा हुने बुलिङ्, पढाइको चाप, पारिवारिक अवस्थाका कारण ६ देखि १८ वर्षसम्मका १८ प्रतिशत बालबालिकामा मानसिक समस्या छ। त्यसकारण जनचेतना कार्यक्रम विद्यालयतहदेखि नै सुरु गर्नुपर्छ,’ उनले भने। 

नेपालमा प्रत्येक १० जना मध्ये १ जनामा मानसिक समस्या देखिएको छ। ४० जनाको मृत्यु हुँदा १ जना मानसिक समस्याका कारण हुने गरेको राष्ट्रिय तथ्यांक छ। मानसिक समस्या पुरुषको तुलनामा महिनामा बढी देखिएको छ। 

५२ दशमलव ४ प्रतिशत महिलामा मानसिक समस्या देखिएको छ भने ४७ दशमलव ६ प्रतिशत पुरुषमा समस्या देखिएको चिकित्सक बताउँछन्। नेपाल प्रहरीको तथ्याक अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा ७ हजार ५५ जनाले मानसिक समस्याका कारण आत्महत्या गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad