पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ। तर धरौटी बुझाइ हाले पनि उनी तत्काल थुनामुक्त हुन पाउने छैनन्।
मङ्गलबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको थुनछेक बहसमा अधिकारीसँग ५ लाख र प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख रुपैयाँ धरौटी माग गरी रिहा गर्न आदेश दिएको हो।
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी र भण्डारीसहित कुल ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यो मुद्दामा उनीहरूसँग ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ।
अधिकारी डिल्लीबजार कारगारमै
पोखरा विमानस्थलको मुद्दामा माग गरेअनुसार ५ लाख धरौटी बुझए पनि पनि अधिकारी कारागार भित्रै रहनेछन्। बाहिर आउ पाउने छैनन् । विशेष अदालतले आइतबार नलिनचोक हेलिपोर्ट भ्रष्टाचारमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि उनी डिल्लीबजार कारागारमा छन्। हेलिपोर्ट भ्रष्टाचारमा अधिकारीसहित ६ जना प्रतिवादीसँग १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आरोपपत्र दायर गरेको थियो।
यसअघि, पूर्वनिर्देशक मुरारी भण्डारी भने नलिनचोक हेलिपोर्ट मुद्दामा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। पोखराको मुद्दामा उनीसँग एक लाख रुपैयाँ धरौटी माग गरिएको छ।
Shares

प्रतिक्रिया