समाज


थानकोट-मुग्लिन सडक निर्माणले महाधिवेशनमा असर नपरोस् भन्दै कुलमान भेट्न पुगे युवा संघका नेता

थानकोट-मुग्लिन सडक निर्माणले महाधिवेशनमा असर नपरोस् भन्दै कुलमान भेट्न पुगे युवा संघका नेता

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १९:२५, काठमाडौँ

राष्ट्रिय युवासंघ नेपालका इन्चार्ज राजीब पहारी र अध्यक्ष क्षितिज थेबेले आफूहरुको महाधिवेशनमा अवरोध हुने गरि सडक निर्माणका कारण कुनै काम नगर्न सरकारसँग आग्रह गरेका छन्।

बुधबार पहारी र थेबेले सिंहदरबार पुगेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरेर यसबारे ध्यानाकर्षण गराएका छन्। 

भेटमा यही मंसिर २७ गते उद्घाटन हुने पार्टीको महाधिवेशन तथा त्यस अवधिमा सञ्चालन हुने कार्यक्रमहरूमा सडक निर्माणका कारण कुनै अवरोध नआओस् भन्दै विशेष व्यवस्था मिलाउन आग्रह गरिएको अध्यक्ष थेबेले बताए।

थानकोट-नागढुङ्गा-मुग्लिन सडक खण्डमा मंसिर २४ देखि पुस १ गतेसम्म निर्माणका लागि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय सरकारले गरेको छ। 

महाधिवेशनमा प्रत्यक्ष असर पर्ने भन्दै वैकल्पिक व्यवस्थाबारे ध्यानाकर्षण गराएको अध्यक्ष थेबेले बताए। ‘मुलुकको ठूलो राजनीतिक कार्यक्रम प्रभावित नहोस् भनेर हामीले आजै मन्त्रीज्यूलाई आवश्यक कदम चाल्न अनुरोध गरेका हौँ,’ उनले भने।

मन्त्री घिसिङले भने मुलिङ सडक खण्डमा दैनिक ५-६ घण्टाको अवरोधलाई पनि मध्यनजर गर्दै मंसिर २६, २७ र २८ गते काठमाडौँ प्रवेश सहज बनाइने व्यवस्था मिलाइने आश्वासन गराएका थिए। 

त्यस्तै महाधिवेशनमा सहभागी हुन् काठमाडौँ प्रवेश गर्ने प्रतिनिधि तथा अतिथिलाई समस्या नपर्ने गरी वैकल्पिक ट्राफिक व्यवस्थापन लागू गरिने समेत प्रतिवद्धता जनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad