समाज


नेपाल प्रहरीले माग्यो २१ इन्सपेक्टर र ४३८ असई (सूचनासहित)

नेपाल प्रहरीले माग्यो २१ इन्सपेक्टर र ४३८ असई (सूचनासहित)

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार ७:५२, काठमाडौँ

नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना खुलाएको छ। 

शुक्रबार सूचना जारी गरी प्रहरीले २१ जना इन्सपेक्टर र ४३८ जना असईका लागि आवेदन आह्वान गरेको हो। 

इन्सपेक्टरका लागि आगामी पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईका लागि पुस ९ देखि माघ ८ सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। 

दरखास्त फाराम अनलाइनबाटै लिन सकिनेछ। 

दरखास्त दस्तुर इन्सपेक्टरतर्फ १ हजार २ सय र समावेशीतर्फ प्रत्येक समूहका लागि थप २४० रुपैयाँ लाग्नेछ।

यस्तै असईतर्फ ५०० रुपैयाँ र एकभन्दा बढी समूहमा आवेदन दिँदा प्रत्येक समूहका लागि थप १०० रुपैयाँ शुल्क लाग्ने जनाइएको छ। 

सूचनाअनुसार इन्सपेक्टरका लागि आवेदन दिने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने असईतर्फ १८ वर्ष पूरा भई २४ वर्ष नकटेको हुनुपर्नेछ।

यस्तै इन्सपेक्टरका लागि न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण भएको हुनुपर्नेछ भने असईका लागि प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनमा उल्लेख छ। 

हेर्नुहोस् सूचना:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad