समाज


काठमाडौँ महानगरपालिकामा आज बिदा (सूचनासहित)

काठमाडौँ महानगरपालिकामा आज बिदा (सूचनासहित)

फाइल तस्बिर


नेपालखबर
मंसिर २९, २०८२ सोमबार ७:५२, काठमाडौँ

आज काठमाडौँ महानगरपालिकाले आफ्ना कार्यालयमा सार्वजनिक बिदा दिएको छ।  

३१ औँ स्थापना दिवसका अवसरमा महानगरपालिकासहित वडा कार्यालय र विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको महानगरपालिकाले जनाएको छ। 

काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै महानगर अन्तर्गतका सम्पूर्ण विभाग, सचिवालय, आयोजना, इकाइ, वडा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई औपचारिक पोशाकमा बिहान ८ बजे नै सैनिक मञ्च टुँडिखेलमा अनिवार्य उपस्थित हुन भनेको छ। 

साथै कार्यक्रम सकिएपछि पनि आज कार्यालयको नियमित सेवा प्रवाह नहुने भन्दै महानगरले यसबाट सेवाग्राहीमा पर्नेजाने असुविधाप्रति क्षमायाचना गरेको छ। 

काठमाडौँ महानगरले दिवसका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष कार्यक्रम गर्दैछ।

काठमाडौँ महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेका अनुसार सोमबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा स्थापना दिवसका कार्यक्रम गर्न लागिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad