समाज


पत्रकार वर्षा शाहलाई पक्राउ गरिएकोप्रति महासंघको आपत्ति

पत्रकार वर्षा शाहलाई पक्राउ गरिएकोप्रति महासंघको आपत्ति

नेपालखबर
पुस २, २०८२ बुधबार १६:१९, काठमाडौँ

प्रधानमन्त्री विरुद्ध भएको प्रदर्शनको फोटो खिचिरहेको अवस्थामा फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

यही पुस १ गते मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि भएको विरोध प्रदर्शनमा नसोधी खिचेको भन्दै तस्बिर मेटाउन दबाब दिँदै केही घण्टा नियन्त्रणमा राखी शाहलाई छाडेको महासंघको एसोसिएट संस्था फोटो जर्नालिस्ट क्लवले जनाएको छ 

प्रेसको पहिचानसहित सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीले गरेको उक्त व्यवहारप्रति महासंघले निन्दा र भत्सर्ना गरेको छ।

महासचिव रामप्रसाद दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता हर्कत नदोहोर्‍याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad