समाज


जनकपुरका सरकारी कार्यालयमा छड्के अनुगमन, उपसचिवसहित ७२ कर्मचारीलाई कारबाही सिफारिस

जनकपुरका सरकारी कार्यालयमा छड्के अनुगमन, उपसचिवसहित ७२ कर्मचारीलाई कारबाही सिफारिस

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८२ बिहिबार ९:२, काठमाडौँ

मधेस प्रदेश सरकारले मंगलबार र बुधबार जनकपुरस्थित प्रदेश सरकारका नौवटा मन्त्रालयसहित १८ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ।

दुई दिन अनुगमन गर्दा दुई उपसचिव, ४१ शाखा अधिकृतसहित ७२ कर्मचारी अनुपस्थित रहेको पाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालयले जनाएको छ। 

मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत बिद्या तामाङका अनुसार मंगलबार गरिएको निरीक्षणमा ४८ जना र बुधबार गरिएको अनुगमनमा २४ जना कर्मचारी अनुपस्थित पाइएका हुन्। 

प्रदेश सरकार मातहतका कार्यालयका कर्मचारी जानकारी बिना अनुपस्थित रहने, काममा ढिला सुस्ती गर्ने जस्ता जनगुनासो बढेपछि मुख्यमन्त्री कार्यालयले अनुगमन गरेको हो। 

अनुगमनका क्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयका नौ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका चार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तीन, शिक्षा तथा संस्कृति मन्त्रालयका पाँच, गृह सञ्चार तथा कानुन मन्त्रालयका एक, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका आठ, वन तथा वतावरण मन्त्रालयका ६, भौतिक पूर्वाधार विकास मन्त्रालयका पाँच, उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयका तीन जना गरी ४४ जना कर्मचारी तथा प्रदेश मातहतका अन्य कार्यालयका २८ जना कर्मचारी अनुपस्थित पाइएका हुन्। 

कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरी त्यसको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालयलाई गराउन सम्बन्धित निकायमा कर्मचारीको विवरणसहित पत्राचार गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। 

कारबाहीको सिफारिसमा पर्ने कर्मचारीमा ५५ जना पुरुष र १७ जना महिला छन्। जसमा उपसचिव दुई जना, शाखा अधिकृत ४१ जना, नायब सुब्बा १६ जना, खरिदार चार जना, सवारी चालक तीन जना र कार्यालय सहयोगी ६ जना छन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad