समाज


पत्रकार आलमको मस्तिष्कघातबाट निधन

पत्रकार आलमको मस्तिष्कघातबाट निधन

नेपालखबर
पुस ५, २०८२ शनिबार ८:४७, काठमाडौँ

बाराका फोटो पत्रकार फैजुल्लाह आलमको मस्तिष्कघातबाट निधन भएको छ।

परवानीपुर गाउँपालिका लिपनी निवासी ५५ वर्षीय आलमको शुक्रबार साँझ उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा निधन भएको हो। 

उनको ब्रेन हेमरेज (मस्तिष्कघात) भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो।

पछिल्लो समय उनी पर्साबाट प्रकाशित हुने प्रतीक दैनिकमा कार्यरत थिए। 

पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोले शोक विज्ञप्ति जारी गर्दै आलमको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

त्यसैगरि उनको निधनप्रति प्रेस सेन्टर केन्द्रीय समितिका महासचिव मनोज घर्ती मगर र प्रेस सेन्टर बाराका सचिव अखिलेश यादवले पनि विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad