समाज


खैरो हिरोइन र नगदसहित गोंगबुबाट २४ वर्षीय युवक पक्राउ

खैरो हिरोइन र नगदसहित गोंगबुबाट २४ वर्षीय युवक पक्राउ

नेपालखबर
पुस १५, २०८२ मंगलबार ७:८, काठमाडौँ

प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन र नगदसहित एक युवकलाई पक्राउ गरेको छ। 

प्रहरी प्रभाग नयाँबसपार्कको टोलीले टोखा नगरपालिका(९ मङ्गल टोलमा रहेको एउटा घरबाट लागुऔषध खैरो हिरोइन र नगदसहित कालीकोट नरहरिनाथ गाउँपालिका(२ का २४ वर्षीय धनबहादुर विष्टलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गोङ्गबुको एक घरमा लागुऔषध कारोबार गरिरहेको अवस्थामा विष्टलाई नियन्त्रणमा लिइएको जानकारी दिए। 

उनका अनुसार निजसँगबाट खैरो हिरोइन ४५ दशमलव १८ ग्राम, विभिन्न कम्पनीका मोबाइल सात थान, नगद रु ३५ हजार, डिजिटल तराजु एक थान बरामद गरिएको छ। 

पक्राउ परेका विष्टलाई प्रहरीले जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad