समाज


तराईका अधिकांश स्थानमा हुस्सु-कुहिरो, चार प्रदेशमा वर्षा-हिमपातको सम्भावना

तराईका अधिकांश स्थानमा हुस्सु-कुहिरो, चार प्रदेशमा वर्षा-हिमपातको सम्भावना

हालै खिचिएको महोत्तरी बर्दिबासको तस्बिर


नेपालखबर
पुस १७, २०८२ बिहिबार ८:३७, काठमाडौँ

देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ भने यतिबेला (बिहीबार बिहान) तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍भागमा मौसम आंशिक बदली (आकाशमा थोरै बादल) छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो पनि तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ। अनि कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

यस्तै राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ। अनि कोसी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad