समाज


नवलपरासीमा २ मजदुर मृत भेटिए, घटना शंकास्पद रहेको आफन्तको दाबी

नवलपरासीमा २ मजदुर मृत भेटिए, घटना शंकास्पद रहेको आफन्तको दाबी

नेपालखबर
पुस १७, २०८२ बिहिबार १३:३५, काठमाडौँ

नवलपरासी पश्चिममा दुईजना मजदुर उद्याेगमै मृत भेटिएका छन्। बर्दघाट नगरपालिका-१२ कजडैयास्थित टायल उद्योगमा कार्यरत दुईजना मजदुर आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। 

मृत भेटिएका मजदुरमा एक नेपाली र एकजना भारतीय छन्। 

बिहीबार बिहान बर्दघाट नगरपालिका-१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला-६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार सुतेकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिए।

‘उनीहरू ग्यासी फायरमा रात्रीकालीन डिउटीमा खटिएका मजदुर हुन्,’ इन्सपेक्टर घिमिरेले नेपालखबरसँग भने, ‘ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा उनीहरूलाई मृत फेला परेका हुन्।’

उद्योगका म्यानेजर रमेश न्यौपानेले बिहीबार बिहान सवा ९ बजेतिर उनीहरूलाई मृत भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए।

मृत फेला परेका दुवै मजदुरको शरीरमा कुनै पनि प्रकारको बाहिरी घाउचोट देखिएको घिमिरेले बताए। 

मृतकका आफन्तले भने घटना शंकास्पद भएको दाबी गरेका छन्। 

बिहानैदेखि उनीहरूले उद्योग घेराउ गर्दै प्रदर्शन गरिरहेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। 

‘हाम्रो टोली अहिले घटनास्थलमै छ। अनुसन्धान जारी छ,’ इन्सपेक्टर घिमिरेले भने। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad