आफूलाई जेनजी भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई राजीनामा दिन चेतावनी दिने अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई ठमेलस्थितबाट नियन्त्रणमा लिएको हो। ठगी, आपराधिक विश्वासघात तथा बैंकिङ कसूर (चेक अनादर) मुद्दामा फरार रहेको भन्दै शाहीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
मनसरी घले लगायतले शाहीविरुद्ध उजुरी दिएका थिए।
शाही यसअघि असोज २९ गते पनि पक्राउ परेका थिए। पछि उनी धरौटीमा रिहा भएका थिए।
303
Shares

प्रतिक्रिया