समाज


निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

नेपालखबर
पुस १७, २०८२ बिहिबार १९:३३, काठमाडौँ

राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत डा निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य कमजोर बन्दै गएकाले उनीहरूको जीवन रक्षा गर्न आग्रह गरेको छ।
    
आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्नेलगायत माग राखी विगत १० दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसेका डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह गरिएको छ।  

विज्ञप्तिमा भनिएको छ, ‘निजहरूको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनसनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पुर्‍याउन र उनीहरूको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ।’

आयोगले यस सम्बन्धमा निरन्तर अनुगमन गरिरहेको तथा आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा डा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको, डा भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रासमेत घटेको पाइएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad