आज (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले दोस्रोपटक आज बिहान ८:४५ बजे गरेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको हो।
यसअघि आजै बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस थियो। यो सुरुवाती मापन थियो।
सबैभन्दा तल पुगेको तापक्रम नै सम्बन्धित दिनको न्यूनतम तापक्रम हो।
हिजो शुक्रबार भने काठमाडौँको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस थियो।
111
Shares

प्रतिक्रिया