समाज


कोरोनाबाट ज्यान गुमाउनेको संख्या अढाई लाख नाघ्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या अढाई लाख नाघ्यो

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ०:२४,

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर अढाई लाख नाघेको छ।

गएको २४ घन्टामा ३८ सय भन्दा धेरैको मृत्यु भएपछि विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार ९ सय ४७ पुगेको वल्डओमिटरले जनाएको छ। यो मंगलबार बिहान पौने ६ बजेसम्मको तथ्यांक हो।

अहिलेसम्म विश्वभर ३६ लाख ४१ हजार २ सय ४ जना संक्रमित भएका छन्। सोमबार मात्रै विश्वमा ७७ हजार ५ सय १५ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये करिब ११ लाख ९३ हजार उपचारपछि निको भएका छन्।

सोमबार अमेरिकामा ११ सय १२ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्। योसँगै त्यहाँ कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ७ सय ९ पुगेको छ।

अमेरिकामा अहिलेसम्म १२ लाख ११ हजार ८ सय ३८ जना संक्रमित भएको छ। सोमबार एकै दिन त्यहाँ २३ हजार ७ सय भन्दा धेरै संक्रमित थपिएका छन्।

त्यसैगरी सोमबार फ्रान्समा ३०६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने युकेमा २८८, ब्राजिलमा ३०३, स्पेनमा १६४, इटालीमा १९५, जर्मनीमा १२७, क्यानाडामा १६०, रुसमा ७६, टर्कीमा ६४, बेल्जियममा ८०, पेरुमा ५८, इरानमा ७४, मेक्सिकोमा ९३, स्वीडेनमा ९० जनाले ज्यान गुमाएका छन्।

हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय ७५ जनाले ज्यान गुमाएका छन्।

त्यहाँ अहिलेसम्म मृतकको संख्या १५ सय ६६ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४ सय ३७ पुगेको छ।

भारतमा सोमबार एकै दिन ३९ सय ३२ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ अहिलेसम्म १२ हजार ८ सय ४७ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .